GETTY IMAGES / BULENT KILIC
काठमाडौं- अजरबैजान र अर्मेनियाको सिमानामा पुनः युद्धविराम उल्लंघन भएको छ। अर्मेनियाले नाखिवान क्षेत्रमा युद्धविराम भंग गरेको अजरबैजानले आरोप लगाएको हो।
बीबीसीको अजरि सेवाका अनुसार अजरबैजानको रक्षा मन्त्रालयले सोमबार अर्मेनियाली सेनाले आफ्नो चौकीमा गोली चलाएको दाबी गरेको छ।
तर, अजरबैजानको आरोपबारे अर्मेनियाले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।
अजरबैजानको आन्तरिक मन्त्रालयका अनुसार ९ अगस्टको रात अर्मेनियाको वेद्दी क्षेत्रबाट नाखिवानको सदरक जिल्लामा गोली चलेको थियो।
अजरबैजानले अर्मेनियाबाट भएको गोली प्रहारबाट कुनै हताहती नभएको जनाएको छ।
पछिल्ला दिनहरुमा अजरबैजान र अर्मेनिया सीमामा गोली हानाहानको घटना बढेको छ। दुबै देशले एक अर्कालाई युद्धविराम उल्लंघन गरेको आरोप लगाउँदै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।