Photo : UNICEF AFGHANISTAN
काठमाडौं- संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ)ले अफगानिस्तान बिगत तीन दिनमा तालिबान लडाकू र सरकारी सुरक्षा बलबीच भएको भिडन्तमा कम्तीमा २७ बालबालिकाको मृत्यु भएको जनाएको छ।
विदेशी सेना फिर्ता भएपछि तालिबानले अफगानिस्तानका अधिकाश स्थानमा आफ्नो पकड जमाएको छ। तालिबानले प्रमुख उत्तरी सहरहरू कुन्दुज, सर ए पुल र तालोकन पनि कब्जामा लिएको छ।
यसबीच अमेरिकी र अफगानी विमानले तालिबानी लडाकुलाई कैयौं हवाई हमला गरिसकेका छन्।
सोमबार एक विज्ञप्ति जारी गर्दै युनिसेफले अफगानिस्तानमा बालबालिकाहरुविरुद्ध हिंसा बढेको भन्दै चिन्ता व्यक्त गरेको छ।
युनिसेफका अनुसार तीन दिनमा कान्दाहार, खोस्त र पाक्टियामा भएको आक्रमणमा २७ बालबालिका मारिएका छन्। यस्तै, १३६ भन्दा बढी बालबालिका घाइते भएका छन्।
युनिसेफले बालबालिकाको सुरक्षा गर्न सबै पक्षलाई अपील गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।