काठमाडौं- चिनियाँ स्वशासित क्षेत्र तिब्बतले ल्हासा गोनगार विमानस्थलमा नयाँ टर्मिनल ३ निर्माण गरी सेवा सञ्चालन खुल्ला गरेको छ।
ग्लोबल टाइम्सका अनुसार शनिबारदेखि टर्मिनल खुलेसँगै दक्षिण एसियालाई यात्रु र कार्गो सेवाको विश्व आतिथ्यको मुख्य क्षेत्र बनाउन सहयोग पुग्ने छ।
नयाँ टर्मिनल बनेसँगै यो विमानस्थलले वार्षिक ९० लाख यात्रु र ८० हजार मेट्रिक टनसम्मको कार्गो व्यवस्थापन गर्न सक्ने समाचारमा उल्लेख छ। योसँगै तिब्बतका सबै विमानस्थलको यात्रुप्रवाहको ७५ प्रतिशत बढी यसैले धान्न सक्ने विमानस्थलले जनाएको छ।
सन् २०१७ डिसेम्बरमा सुरु भएको एयरपोर्ट विस्तारमा ६० करोड ३० लाख अमेरिकी डलर लगानी गरिएको छ। ८८ हजार वर्गमिटर टर्मिनल विस्तार भएको छ। जुन मुख्य टर्मिनलको आकारभन्दा तीन गुणा धेरै हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।