नयाँ दिल्ली- भारतीय हवाई सेनाको एक लडाकु विमान पश्चिम भारतीय राज्य गुजरातमा दुर्घटनामा परेको छ। भारतीय हवाई सुरक्षा बलको सो विमान दुर्घटनामा परी विमान चालक सञ्जय चौहानको मृत्यु भएको रक्षा मन्त्रालयले जनाएको छ।
जामनगर वायु शिविरबाट उडान भरेको केही मिनेटमा नै सो दुर्घटना भएको बताइएको छ। गुजरातको स्थानीय अदालतले यस दुर्घटनाको अनुसन्धान गर्न आदेश दिएको छ।
यस वर्षमा भारतीय हवाई बलका विमान पटकपटक दुर्घटनामा परेका छन्। गत अप्रिलमा उत्तराखण्ड राज्यमा एम १७ हेलिकोप्टर दुर्घटना भएको थियो तर यसमा सवार भएका ६ जना यात्रु बाँचेका थिए।
त्यसैगरी भारतको पूर्वी राज्य उडिसामा गत मार्चमा एक विमान दुर्घटना भएको र यसमा विमान चालक घाइते भएका थिए।
गत फेब्रुअरीमा भारतीय उत्तरपूर्वी राज्य असामको मजुली द्वीपमा वायु बलको एक हेलिकोप्टर दुर्घटना हुँदा दुई जना चालकको मृत्यु भएको थियो।रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।