काठमाडौं- जम्मू-कश्मीरमा भारतीय जनता पार्टी (भाजपा)का एक सरपंच र उनकी श्रीमतीको गोली हानी हत्या गरिएको छ।
अनन्तनाग जिल्लामा चरमपन्थीहरुले गुलाम रसूल डार र उनकी श्रीमतीको गोली हानी हत्या गरिएको हो।
समाचार एजेन्सी पीटीआईका अनुसार गोली प्रहारबाट गम्भिर घाइते भएका दुवैलाई उपचारकाे लागि अस्पताल लगिएको थियो। उनीहरुको उपचारकै क्रममा मृत्यु भएको समाचारमा उल्लेख छ।
गुलाम जिल्लाका भाजपाको किसान मोर्चा शाखाका जिल्ला अध्यक्ष पनि थिए। उनले गतवर्ष जिल्ला विकास परिषद्को चुनाव पनि लडेका थिए। उनी हाल अनन्तनागमा भाडाको घरमा बस्दै आएका थिए।
हत्याको निन्दा गर्दै जम्मू एण्ड कश्मिरका लेफ्टिन्टेन्ट गभर्नर मनोज सिन्हाले ट्वीटरमा लेखेका छन्,‘यो कायरतापूर्ण कार्य हो र यस कार्यमा संलग्न व्यक्तिहरुलाई छिट्टै कानुनी कठघरमा उभ्याइने छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।