काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पाैडेलले आफूनिकट नेताहरूको बैठक बाेलाएका छन्। बैठक दिउँसो ३ बजे महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्जमा बस्ने तय भएको छ।
बैठकमा १४औं महाधिवेशन केन्द्रित छलफल हुने केन्द्रीय सदस्य गुरुराज घिमिरेले बताए।
भदौ १६ देखि १९ सम्मका लागि तोकिएको सम यमा कांग्रेस महाधिवेशन नहुने सम्भावना बढेको छ। महाधिवेशनको कार्यतालिका र निर्वाचन निर्देशिकाको विषयमा छलफल गर्न केन्द्रीय समि ति बैठक साउन २८ मा बोलाइएको छ।
आज नै पौडेल पक्षका काठमाडौंमा उपलब्ध जिल्ला सभापतिहरुको बैठक बसेको छ। पाैडेल पक्षले सभापति शेरबहादुर देउवा महाधिवेशन गर्न अनिच्छुक रहेकाे र विधानविपरीत क्रियाशील सदस्यता बाँडिएको आराेप लगाउँदै आए काे छ।
सोमबार बिहान मात्रै पौडेलले महाधिवेशन गर्न असफल भन्दै सभापति देउवाप्रति क टाक्ष गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।