काठमाडौं- निम्रोजको राजधानी जरान्जमाथि शुक्रबार कब्जापछि अफगानिस्तानमा तालिबानले दुई अरु प्रान्तीय राजधानीमा कब्जा गरेको दाबी गरेका छन्।
समाचार एजेन्सी एएफपीका अनुसार तालिबानले अफगानिस्तानका चार प्रान्तको राजधानीमा कब्जा गरेका छन्।
पछिल्ला महिनाहरुमा देशको अधिकांश ग्रामिण क्षेत्रमा कब्जा गरेपछि अब तालिबान तीव्ररुपमा शहरतर्फ बढीरहेको बीबीसीले जनाएको छ। उनीहरुले अफगानिस्तानका सैन्यबललाई हैरान पारेका छन्।
अमेरिकी वमवर्षक विमानले शबरघानमा तालिबानको ठेगानामा हमला गरेको छ।
यो उत्तरका मिलिसिया कमाण्डर अब्दुल रशीद दोस्तमको गढ हो। दोस्तमका लडाकुर र सरकारी सैन्य बल शहरको केन्द्रीय क्षेत्र छाडेर विमानस्थलमा गएका छन्।
दोस्तमले देशको उत्तरी इलाकामा सबैभन्दा शक्तिशाली मिलिशिया बनाएका छन्। १९९० को दशकमा उनले तालिबानविरुद्ध लामो लडाइ लडेका थिए।
प्रान्तीय राजधानी तालिवानको हातमा गएपछि सरकारले 'फेरि हासिल गरिने छ' मात्र भनेको छ।
आइतबार केही घन्टाको अन्तरालमा नै देशको उत्तरी क्षेत्रमा रहेको कुन्दुज र सर ए पुल तालिवानको कब्जामा पुगेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।