न्युयोर्क- अमेरिकी कम्पनी भेनगार्डले कोरोनाविरुद्धको खोप लगाउने कर्मचारीलाई जनही एक हजार डलर दिने घोषणा गरेको छ।
कोरोना संक्रमण फैलिन नदिन खोप मात्रै एक विकल्प भएको भन्दै लगाउन प्रेरित गर्न एक हजार अमेरिकी डलर दिने घोषणा गरेको हो।
भेनगार्डमा हाल १६ हजार ५ सय कर्मचारी रहेको बताइएको छ। पहिल्यै कोरोनाविरुद्धको खोप लगाएका र अब लगाउने दुवैले यो रकम प्राप्त गर्ने भेनगार्डले जनाएको छ।
यस अगाडि नै माइक्रोसफ्ट, फेसबुक र गुगललगायत कम्पनीले पनि अफिसमा काम गर्न फर्कने कर्मचारीले अनिवार्य खोप लगाएको हुनुपर्ने निर्णय गरिसकेका छन्।
यता, अमेरिकी राष्ट्रपति जो वाइडेनले पनि विभिन्न शहर र राज्यलाई कोरोनाविरुद्ध खोप लगाउनेलाई एक सय डलर दिन निर्देशन दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।