Photo : REUTERS
काठमाडौं- ग्रीसको जंगलमा अनियन्त्रित रुपमा फैलिएको डढेलोका कारण दुई जनाको मृत्यु भएको छ। घटनामा मृत्यु हुने दुईजना मध्ये अग्नि नियन्त्रक एक हुन्।
आगो निभाउने क्रममा ३८ वर्षीय अग्नि नियन्त्रकको विद्युतको पोल खस्दा मृत्यु भएको छ। अर्का व्यक्ति एथेन्स चेम्बर अफ कमर्सका अध्यक्ष कोन्स्टान्टिनोस मिकालोसको पनि मृत्यु भएको छ।
उनी आगो बलिरहेको क्षेत्र नजिकैको एक कारखानामा अचेत अवस्थामा भेटिएका थिए। घटनामा थप २० जना घाइते भएका छन्।
राजधानी शहर एथेन्सबाट उत्तरीतर्फ पर्ने क्षेत्रमा ठूलो रुपमा धुवाँको मुस्लो देखिन्छ। मानिसहरु आगलागीका कारण घर छाडेका छन्।
अनिश्चित वायुका कारण आगो तीव्र गतिमा फैलिरहेको अधिकारीहरुले बताएका छन्। अहिले ६ वटा इलाकामा आगो फैलनसक्ने भन्दै उच्च सतर्कता अपनाइएको छ।
इभिया टापुमा पनि आगोको मुस्लो देखिन्छ। प्राचीन ओलम्पिया नजिकैका क्षेत्रमा पनि डढेलो फैलिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।