काठमाडौं- उत्तर कोरियाले आफ्नो परमाणु र बेलिस्टिक मिसाइल कार्यक्रमलाई निरन्तरता दिएको पाइएको छ।
अन्तर्राष्ट्रिय प्रतिबन्ध र देशको कमजोर आर्थिक स्थितिका बाबजुत सन् २०२१ को पहिलो छ महिनासम्म आफ्नो परमाणु कार्यक्रमलाई उत्तरले निरन्तरता दिएको पाइएको संयुक्त राष्ट्र संघको एक रिपोर्टमा उल्लेख गरिएको रोयटर्सले जनाएको छ।
स्वतन्त्र जाँच समूहको प्यानलले तयार गरेको रिपोर्टमा संयुक्त राष्ट्र संघीय सुरक्षापरिषद् उत्तर कोरिया सेक्सन कमिटीले भनेको छ, प्योङयाङले यी कार्यक्रमका लागि सामग्री र प्रविधिको खोजीलाई निरन्तरता दिएको छ।'
'देशको बिग्रदो आर्थिक अवस्थामाथि ध्यान केन्द्रित गर्नुको साटो डेमोक्रेटिक पिपुल्स रिपब्लिक अफ कोरियाले आफ्नो परमाणु र बेलिस्टिक मिसाइल बनाउने र विकसित गर्ने काम जारी राख्यो,' प्रतिबन्धमाथि नजर राख्नेहरुले भनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।