Photo : EPA
काठमाडौं- अफगानिस्तानको विद्रोही समूह तालिबानले दक्षिण पश्चिममा रहेको निमरोज प्रान्तको राजधानी जारान्ज कब्जामा लिएको छ।
तालिबानले शुक्रबार साँझ जारान्ज कब्जामा लिएको ट्वीटरमार्फत् जानकारी दिएको छ।
पछिल्लो समय तालिबानको कब्जामा कुनै प्रान्तको राजधानी पुगेको यो पहिलो घटना भएको बीबीसीले जनाएको छ।
जारान्ज इरानको सीमामा रहेको मुख्य व्यापारिक केन्द्र मानिन्छ। सरकारले भने आधिकारिक रुपमा यसलाई स्वीकार गरेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।