Photo : AP
काठमाडौं- जापानको राजधानी टोकियोमा एक व्यक्तिले रेलमा सवार १० यात्रुलाई धारिलो चक्कु प्रहार गरी घाइते बनाएका छन्।
जापानको राष्ट्रिय प्रशारण एनएचकेका अनुसार शुक्रबार सेजोगाकुएन स्टेशन नजिकै उक्त घटना घटेको हो। चक्कु प्रहारबाट एक यात्रु गम्भीर घाइते भएका छन् भने बाँकीको अवस्था सामान्य रहेको बताइएको छ।
टोकियो फायर डिपार्टमेन्टले १० घाइतेमध्ये ९ जनालाई नजिकैको अस्पतालमा उपचारका लागि भर्ना गरिएको जानकारी दिएको छ। यस्तै, १० जनाले भने भागेर ज्यान जोगाएका थिए। प्रत्यक्षदर्शीका अनुसार चक्कु प्रहारपश्चात संदिग्ध भागेका थिए।
यद्यपि, उनलाई नियन्त्रणमा लिइएको छ। ‘उक्त अभियुक्तको उमेर २० वर्ष रहेको छ। उनको शर्टमा रगतको दाग देखेपछि एक व्यापारीले प्रहरीलाई खबर गरेका थिए,’ एनएचकेले भनेको छ।
उनले के कारणले यात्रुमाथि चक्कु प्रहार गरे भन्ने खुलिसकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।