काठमाडौं- अमेरिकी सरकारले जुलाई महिनामा करिब साढे नौ लाखले रोजगारी पाएको दाबी गरेको छ।
अमेरिकी श्रम मन्त्रालयद्वारा शुक्रबार सार्वजनिक तथ्यांक जुलाईमा नौ लाख ४३ हजार थप व्यक्तिले नयाँ रोजगारीका अवसर पाएको दाबी गरिएको छ।
बेरोजगारीको दरमा आधा अंकले कमी आएको र ५.४ प्रतिशतसम्म कायम भएको देखाएको हो।
कोरोना भाइरस नियन्त्रणका लागि अमेरिकाले व्यापक खोप अभियान चलाएको र यसबाट महामारीलाई नियन्त्रणको बाटोमा ल्याइएको सरकारको दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।