काठमाडौं– नेपाली कांग्रेसका संस्थापनइतरका युवा नेताहरु प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई भेट्न बालुवाटारमा पुगेका छन्।
आसन्न महाधिवेशनको विषयमा छलफल गर्न युवा नेताहरु बालुवाटार गएका बताइएको छ। भदौ १६ बाट सुरु हुनुपर्ने १४ औं महाधिवेशनका सन्दर्भमा अन्योल बढेपछि तेस्रो पुस्ताका नेताहरुले सक्रियता बढाएका छन्।
यसअघि संस्थापन इतर पक्षका शीर्ष नेतासँग पनि उनीहरूले छलफल गरिसकेका छन्।
प्रधानमन्त्रीलाई भेट्न वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्ण प्रसाद सिटौला पक्षका तेस्रो पुस्ताका अधिकांश नेता बालुवाटार पुगेका बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।