काठमाडाैं- विद्रोही समूह तालिबानले अफगानिस्तानको राजधानी काबुलमा एक उच्च सरकारी अधिकारीको गोली हानी हत्या गरेको छ।
शुक्रबार दिउँसो राजधानी काबुलको डारूल अमान रोडमा सरकारी मिडिया र सूचना केन्द्र (जीएमआईसी)का प्रमुख दावा खान मिनापालको हत्या गरिएको हो।
उनको हत्याको जिम्मेवारी तालिबानले लिएको छ। तालिबान प्रवक्ता जबीहुल्लाह मुजाहिदले उनको मृत्यु भएको पुष्टि गरेका छन्।
‘केही समय पहिले काबुलमा भएको विशेष हमलामा मिनापाल मारिएका छन्,’ उनले ट्वीट गरेका छन्। मिनापाल पूर्वपत्रकार हुन् र अफगानिस्तानका राष्ट्रपति अशरफ घनीका प्रवक्ताको रूपमा पनि काम गरेका थिए।
रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ) का अनुसार अफगानिस्तान पत्रकारहरुको लागि विश्वको सबैभन्दा खतरनाक देशहरु मध्ये एक हो।
तालिबानले पछिल्लो समय देशको अधिकांश क्षेत्र आफ्नो नियन्त्रणमा लिएको दाबी गरेको छ। तर, धानीले सत्ता छाडे वार्तामा बस्ने उनीहरुले अडान राखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।