काठमाडौं- आज अगस्ट ६। ७६ वर्ष पहिला आजैकै दिन अमेरिकाले जापानको हिरोशिमा शहरमा विश्वको पहिलो परमाणु बम खसालेको थियो।
१९४५ साल अगस्ट ६ तारिखमा बम खसालेको अमेरिकाले त्यसको तीन दिन पछि जापानको नागासाकी शहरमा अर्को परमाणु बम खसालेको थियो। जसका कारण दुबै शहर ध्वस्त भएको थियो। त्यसक्रममा डेढ लाख भन्दा धेरै मानिसको केही क्षणमा नै मृत्यु भएको थियो भने बाँचेकाहरु पनि अपांग भएका थिए।
६ अगस्टको विहान ८ बजेर १५ मिनेटमा 'लिटल ब्वाई' हिरोशिमा खसालिएको थियो। बिमानबाट खसालिएको उक्त परमाणु बम तल आइपुग्न ४३ सेकेन्ड समय लागेको थियो। बम खसेको केही क्षणमानै शहरको मध्य भाग ध्वस्त भएको थियो।
२ लाख ५० हजार जनसंख्या रहेको हिरोशिमामा ३० प्रतिशत अर्थात ८० हजार मानिसको मृत्यु भएको थियो।
एटम बम विस्फोट भएपछि करिब ११ बजे बमबाट उत्पन्न भएको बादलका कारण हिरोशिमा भीषण कालो वर्षा भएको थियो। परमाणु विकिरण र अन्य पदार्थ मिसिएको वर्षाका कारण धेरैले ज्यान गुमाएका थिए।
हिरोशिमा बम खसालिएको तीन दिन पछि ९ अगस्टमा नागासाकीमा बी २९ बम वर्षक विमानबाट बम खसालिएको थियो। उक्त एटम बमका कारण एक किलोमिटर दायरभित्र रहेको सबैचिज ध्वस्त भएको थयो।
१९३९ मा सुरु भएको दोस्रो विश्व युद्ध निर्णायकस्थितिमा पुगेको थियो। तर जापानको हमला रोकिने अवस्थामा थिए। यस्तोमा अमेरिकाले ६ अगस्टको बिहान हिरोशिमा परमाणु बम खसाल्यो।
हिरोशिपछि अमेरिकाले नागासाकीमाथि बम खसाल्यो। नागासाकीमा खसालिएको बम हिरोशिमा खसालिएको भन्दा निकै शक्तिशाली थियो। नागासाकिमा विहान ११ बजे परमाणु बम खसालिएको थियो, जसका कारण ४० हजार भन्दा धेरै मानिसको मृत्यु भएको थियो। विस्फोटपछि परमाणु विकिरणको सम्पकर्कमा आएका र विस्फोटपछि भएको कालो वर्षाले दुबै शहरमा हजारौं मानिसको मृत्यु भएको थयो।
नागासाकीमा हमला भएको ६ दिनपछि जापानले बिना कुनै शर्त आत्मसमर्पण गर्यो र यसका साथ द्वितीय विश्वयुद्ध समाप्त भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।