काठमाडौं– तेल निर्यातकर्ता साउदी अरबले एशियाका लागि विक्री गर्ने तेलको मूल्य बढाएको छ।
साउदीले सेप्टेम्बर डेलिभरीको खबर लाइट क्रुडको आधिकारिक मूल्य बढाएर प्रतिब्यारेल ३ डलर पुर्याएको समाचारहरुमा उल्लेख छ।
यो एशियाका लागि तेल विक्री गर्ने अन्य मुलुकले तय गरेको औसत मूल्य भन्दा धेरै रहेको समाचारहरुमा जनाइएको छ।
साउदीको सरकारी तेल कम्पनी अराम्कोले एक विज्ञप्ति जारी गर्दै मूल्य वृद्धिबारे जानकारी दिएको हो।
साउदीको यस्तो कदमसँगै नेपाललगायत दक्षिण एसियाली मुलुकमा तेलको मूल्य बढ्ने अनुमान गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।