काठमाडौं- ताइवानलाई ७५ करोड डलर बराबरको हतियार बेच्ने प्रस्ताव अमेरिकी संसदले अनुमोदन गरेको छ।
अमेरिकी राज्य विभागका प्रवक्ताका अनुसार बुधबार सरकारले संसदमा ४० वटा एम१०९ए६ होविटाइजर ट्यांक बेच्ने विषयको प्रस्ताव पेस गरेको थियो। उक्त प्रस्ताव संसदबाट अनुमोद भएको हो।
संसदमा यो प्रस्ताव पारित भएसँगै ताइवानको रक्षा क्षमता बढ्ने बताइएको छ। चीन ताइवानलाई आफ्नो भूमि भएको बताउँदै आएको छ र चिनियाँ सेनाहरुले त्यहाँ हवाई गस्ती गरिरहेका छन्।
यता, ताइवानले भने आफू स्वतन्त्र राष्ट्र भएको र चीनबाट खतरा बढेको भन्दै अत्मरक्षको लागि हतियार खरिद गर्दै आएको छ।
यसैबेला, जो वाइडेन प्रशासनले ताइवानलाई हतियार बेच्न लागेको हो। राज्य विभागको स्वीकृतीमा गतवर्ष पनि अमेरिकाले ड्रोन र क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली ताइवानलाई बिक्री गरेको थियो।
वाइडेनले २०२१ को सुरुमा पदभार ग्रहण गरिसकेपछि ताइवानलाई हतियार बेच्नेका साथै अन्य प्रत्यक्ष व्यापारिक सम्बन्ध मजबुत बनाउने बताएका थिए। यसले चीन झन चिढिएको थियो।
धेरैजसो राष्ट्रको ताइवानसँग कुनै औपचारिक कूटनीतिक सम्बन्ध छैन। तर, सन् १९७९ को कानुनद्वारा आत्मशासित टापुलाई आफ्नो रक्षाको साधन प्रदान गर्नको लागि अमेरिकाले सहयोग गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।