काठमाडौं- अमेरकीकासहित नेटाेमा आवद्द सैनिक फिर्ता भएसँगै तालिबानीले अफगानिस्तानकाे मुख्य सहरहरु कब्जा गर्न थालेकाे छ।
अफगानिस्तानको रक्षा मन्त्रालयका अनुसार तालिबानले हेलमान्ड प्रान्त सहरकाे राजधानी लश्कर गाह कब्जा गर्ने प्रयास गरेका छन्। उनीहरुले त्यहाँकाे सरकारी रेडियो र टेलिभिजन स्टेशन नजिकै बम बिष्फाेट गरेका थिए।
उक्त स्थानमा पार्टी प्यालेस र प्रान्तीय गभर्नरको गेस्टहाउस पनि रहेकाे छ। यस्तै, तालिबानले सहरकाे १० चाैकीमध्ये ९ मा आफ्नाे कब्जा जनाएकाे छ।
तालिबान कब्जासँगै वायु सेनाले त्यहाँ लगातार हवाई आक्रमण गरिरहेकाे छ।
यस्तै, पछिल्लोे २४ घण्टामा अफगानिस्तान सुरक्षाकर्मीले गरेको कारबाहीमा परी ३ सयभन्दा बढी तालिबान मारिएका छन्। कारबाहीमा थप १२५ तालिबान बिद्रोही घाइते भएको बताइएको छ।
नानगढ, लघमान, गजनी, पक्तिका, कान्धार, जाबुल, हेरात, जौजन, समानगन, फरयाबलगायतको प्रान्तमा कारबाहीको क्रममा ठूलो संख्यामा तालिबान बिद्रोही मारिएको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।