काठमाडौं– अफगानिस्तान सुरक्षाकर्मीले गरेको कारबाहीमा परी ३ सयभन्दा बढी तालिबान मारिएका छन्।
पछिल्लोे २४ घण्टामा गरिएको कारबाहीमा थप १२५ तालिबान बिद्रोही घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उल्लेख छ।
विभिन्न प्रान्तमा चलाइएको कारबाहीमा भारी संख्या तालिबान बिद्रोही मारिएको अफगानिस्तानको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै एएनआईले उल्लेख गरेको छ।
नानगढ, लघमान, गजनी, पक्तिका, कान्धार, जाबुल, हेरात, जौजन, समानगन, फरयाबलगायतको प्रान्तमा कारबाहीको क्रममा ठूलो संख्यामा तालिबान बिद्रोही मारिएको समाचारमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।