काठमाडौं- अपहरणकारी समूहले इरानतर्फ लैजाँदै गरेको पानामाको तेल ट्याङ्कर नियन्त्रणमुक्त भएको छ।
ओमानको खाडीबाट अपहरमा परेको उक्त जहाज छाडेर हतियारधारी व्यक्तिहरु भागेको बीबीसीले जनाएको हो।
बेलायतको पानीजहाज हेर्ने निकायले सो जहाजमा सवार सबै व्यक्तिहरु सुरक्षित रहेको दाबी गरेको छ। उक्त जहाज कसले नियन्त्रणमा लिएको हो खुल्न सकेको छैन।
यद्यपी, यस घटनमा इरानी फौजको हात भएको बताइएको छ। तर इरानले भने आफ्नो संलग्नता नरहेको स्पष्ट पारिसकेको छ।
लन्डन मुख्यालय रहेको कम्पनी जोडिआक मेरिटाइमले सञ्चालन गरेको एमभी मर्सर स्ट्रीट नामक ट्याङ्कर ओमानको तटीय क्षेत्रबाट अरब सागरतर्फ गइरहेको बेला डोन आक्रमण भएको एक हप्ता पछि पानामाको ट्याङ्करलाई नियन्त्रणमा लिइएको हो।
इजरायलले एक ब्रिटिश र अर्का रोमेनियाली नागरिकको ज्यान जानेगरी तेल ट्याङ्करमा भएको आक्रमणमा इरान संलग्न भएको आरोप लगाएको छ।
इजरेलका पानीजहाज उद्यमी एआल ओफरको उक्त कम्पनीले के भएको हो पत्ता लगाउन काम गरिरहेको जनाएको छ। तर, इजरायलका विदेशमन्त्री याइर लापिडले इरानी आतङ्कवादलाई आरोप लगाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।