लण्डन– बेलायत सरकारले भुवा आयातमा प्रतिबन्ध लगाएको भन्दै त्यसका विरुद्धमा जनावर अधिकारकर्मीहरूले प्रदर्शन गरेका छन्।
बेलायतको संसद् अगाडि झण्डै एक सय जना अधिकारकर्मीहरूले सोमबार सरकारी निर्णयको विरोध गर्दै प्रदर्शन गरेका हुन्।
‘भुवा आयात खुल्ला गर’ अभियान चलाएका उनीहरुले त्यससम्वन्धी व्यानर, फोटोलगायत प्रदर्शन गरेका थिए।
बेलायतमा चीन, फ्रान्स, पोल्याण्ड, क्यानडालगायत १५ देशबाट भुवा तथा छालाजन्य सामग्रीहरु आयात हुने गरेको थियो।
सरकारको निर्णयका विरुद्धमा ४ लाख जनाले हस्ताक्षर गरेर प्रधानमन्त्री थेरेसा मेलाई बुझाउने भएका छन्। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।