काठमाडौं– बेलायतमा कोरोना भाइरसबाट हुने मृत्युदर पुनः बढेको जनाइएको छ। पछिल्लो २४ घन्टामा बेलायतमा भाइरसको संक्रमणबाट १३८ जनाको ज्यान गएको समाचारमा जनाइएको छ।
यो मृत्यु गएको पाँच महिनापछिकै सबैभन्दा बढी भएको समाचारमा उल्लेख छ। यसअघि गत मार्च १७ पछि यहाँ मंगलबार सबैभन्दा बढी नागरिकको यो भाइरसबाट ज्यान गएको थियो।
अहिलेसम्म बेलायतमा एक लाख २९ हजार ८८१ जनाको कोरोनाबाट मृत्यु भइसकेको छ।
पछिल्ला केही हप्तामा यहाँ फेरि नयाँ भेरिएन्टको कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।