वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार अमेरिकी राष्ट्रपतीय निर्वाचनमा भएको भनिएको सम्भावित रूसी हस्तक्षेपबारे क्षमा याचना गर्ने ‘सम्पूर्ण अधिकार’ आफूमा निहित रहेको भए पनि गल्ती नै नगरेको व्यक्तिले माफी माग्नु नपर्ने बताएका छन्।
अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीटर सन्देशमा लेखेका छन्,‘ममा क्षमायाचना गर्ने ‘सम्पूर्ण अधिकार’ निहित छ तर मैले गल्ती नै नगरेको अवस्थामा किन माफी माग्ने?’
यसैबीच विभिन्न १३ जना डेमोक्रेट्स र अन्य पक्षका केहीले द्वन्द्व कहिल्यै नसकिने सन्दिग्ध व्यक्तिको खोजी गर्ने काम मध्य समयमा पुगेको बताएका छन्। कानूनविद्हरूले राष्ट्रपतिका रूपमा पाउने अधिकार अनुसार माफी माग्न पनि सक्ने अधिकार रहेको बताउने अमेरिकी इतिहासमा ट्रम्प नै पहिलो व्यक्ति भएको विश्वास गरिएको छ।
‘अमेरिकी कानुनले राष्ट्रपतिलाई क्षमा याचना गर्ने शक्तिको व्यवस्था गरेको छ तर यो गर्दा ‘कठीन’ राजनीतिक जटिलता देखिनसक्छ।,’ राष्ट्रपति ट्रम्पका वकिल रूडी गिलानीले आइतबार तर्क गरे।
रूसी हस्तक्षेपबारे अनुसन्धान गरिरहेका विशेष अधिकारी रोवर्ट मुलरलाई लेखिएको पत्रमा राष्ट्रपतिका वकिलहरूले ट्रम्पले राष्ट्रप्रमुखका रूपमा चाहेमा अनुसन्धानलाई खारेज गर्न वा क्षमायाचना गर्न सक्ने बताइएको छ। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।