सोल- दक्षिण कोरियामा गएको हप्ता दुई हजारभन्दा बढी सङ्क्रमित भेटिएका छन्। ती सङ्क्रमित नयाँ भेरियन्टका भएको बताइएको छ।
दक्षिण कोरियाका स्वास्थ्य अधिकारीले यहाँ गएको हप्तामा दुई हजार १०९ नयाँ भेरियन्टका सङ्क्रमित भेटिएका मंगलबार जानकारी दिएका हुन्।
यो तथ्याङ्कसहित गएको हप्तामा कोभिड-१९ का नयाँ भेरियन्टको संख्या आठ हजार १२५ जना पुगेको बताइएको छ। नयाँ भेरियन्ट जुलाई २५ मा भेटिएको थियो। योसमेत गरी यहाँ त्यसयता नयाँ भेरियन्टका २५ हजार २४० जना सङ्क्रमित पहिचान भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।