काठमाडौं- पछिल्लो २४ घन्टामा भारतमा थप ३० हजार ५ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार यससँगै तीन करोड १७ लाख भन्दा धेरैलाई अहिलेसम्म कोरोना लागेको छ।
पछिल्लो २४ घन्टामा ४ सय २२ जनाको मृत्यु भएको छ। यससँगै मृतकको संख्या ४ लाख २५ हजार भन्दा धेरै पुगेको छ। भारतमा अहिलेसम्म ४७ करोड ८५ लाखले कोरोनाविरुद्धको भ्याक्सिन लगाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।