काठमाडौं- चीनको हेनान प्रान्तमा बाढीका कारण मृत्यु हुनेको संख्या ३ सय भन्दा धेरै पुगेको छ। केही साता अघिको लगातारको वर्षाले हेनानमा ९ हजार भन्दा धेरै घर क्षतिग्रस्त भएको छ।
बाढीका कारण गत हप्ताको रिपोर्टमा ९९ जनाको मृत्यु भएको बताइएको भएपनि यो संख्या सोमबारसम्म ३०२ पुगेको चिनियाँ सरकारी अधिकारीहरुले बताएका छन्।
हेनानको राजधानी झेङ्झोमा सबैभन्दा धेरैको मृत्यु भएको छ। १ करोड २० लाख जनसंख्या भएको झेंङ्झो पानी नदीको किनारामा रहेको छ। त्यहाँमात्र २९२ जनाको मृत्यु भयो।
बाढीमा परि दर्जनौं हराइरहेका छन्। हेनान बाढीमा परि ५० जना हराइरहेको सरकारी अधिकारीहरुले जनाएको समाचार संस्था रोयटर्सले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।