AP Photo/Representative
काठमाडौं- बेइजिङमा स्थानीयस्तरमा नै एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको स्थानीय प्रशासनले जनाएको छ।
सोमबार संक्रमण पुष्टि भएका व्यक्ति गत बुधबार संक्रमण भेटिएका एक व्यक्तिको निकट सम्पर्कमा रहेको बताइएको छ।
नयाँ संक्रमित व्यक्ति र संक्रमण क्षेत्रलाई स्वास्थ्यकर्मीले निकट अवलोकनमा राखेका छन्। यस्तै, संक्रमित क्षेत्रमा नागरिकहरूलाई साबधानी अपनाउन निर्देशन दिइसकेको छ।
चीनमा आइतबार कोरोना भाइरसका ५५ जना नयाँ संक्रमित भेटिएको राष्ट्रिय स्वास्थ्य आयोगले जानकारी दिएको थियो। ती व्यक्तिहरु चीन भित्रैबाट संक्रमित भएका पाइएको बताइएको छ।
जियाङ्सु, हुनान, लियानिङ लगायतका क्षेत्रमा समुदायभित्रैबाट संक्रमित भेटिन थालेपछि आयोगले सतर्कता अपनाउन सम्बन्धित सबैलाई भनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।