काठमाडौं- अफगानिस्तानका राष्ट्रपति असरफ घानीले अमेरिकाले आफ्नो फौज फिर्ता लिने निर्णय देशको खस्कँदो सुरक्षास्थितिको प्रमुख कारक भएको बताएका छन्।
संसदका दुवै सदनका सदस्यहरूलाई सोमबार सम्बोधन गर्दै घानीले देशले देशभरि हजारौंसँग सम्पर्क भएका तालिबानबाट आक्रमणको सामना गरिरहेको र शासनको रक्षा गर्न अफगान सेनालाई जुटाउन आवश्यक रहेको बताए।
‘हाम्रो वर्तमान अवस्थाको कारक अमेरिकी नेतृत्वको रहेको उत्तर एटलान्टिक सैनिक सङ्गठन (नेटो) सेनालाई अफगानिस्तानबाट फिर्ता गर्ने निर्णय हो,’ उनले भने,‘ वासिङ्टनलाई यो निकासले गलत ‘परिणाम’ ल्याउने छ।’
अफगानिस्तानले अस्तित्वको परीक्षणको सामना गरिरहेको र यो परीक्षण सफलतापूर्वक पारित गर्न देश एकजुट हुनुपर्ने उनले बताए।
‘अफगानीहरूबीचको शत्रुता गम्भीर बिषय हो । अहिलको अवस्थामा कुनै पनि समूहले आत्मसमर्पण गर्ने देखिएको छैन। विदेशी सैन्य उपस्थितिको अवधि समाप्त भएको छ। अब आफ्नो भविष्य निर्धारण गर्ने जिम्मेवारी आइपुगेको छ,’ उनले भने।
यसैबीच तालिवान प्रभावित इलाका लस्करघामा नेटो सैनिकको हवाइ आक्रमणमा कम्तीमा सात तालिवानी लडाकू र तालिवानका ३८ सहयोगी मारिएका अफगानिस्तानको रक्षा मन्त्रालयले बताएको छ। तालिवान समूहले आइतबार हेलमण्ड प्रान्तको लस्करघास्थित एउटा जेलमा असफल आक्रमण गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।