काठमाडौं– इजिप्टको सेनाले पछिल्लो समयमा थप ८९ अतिवादी मारिएको दाबी गरेको छ। देशको उत्तरपूर्वी क्षेत्रमा पर्ने उत्तर सिनाइमा भएको भिडन्तमा अतिवादी मारिएको सेनाले जानकारी दिएको छ।
सुरक्षाकर्मीहरूले घटनास्थलबाट अतिवादी लडाकूहरूले प्रयोग गरेका विस्फोटक पदार्थ, सवारी साधन, हातहतियारलगायत बरामद गरेको पनि सेनाले जनाएको छ।
अतिवादीहरूका गतिविधि न्यूनीकरण गराउने अभियानअन्तर्गत सुरक्षा कारबाही गर्दा उनीहरूको मृत्यु भएको सेनाद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ।
घटनामा परी सुरक्षाकर्मीतर्फ पनि केही क्षति भएको सुरक्षा स्रोतले पुष्टि गरेको सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
घटना भएको क्षेत्रमा लामो समयदेखि हिंसात्मक गतिविधि हुँदै आएकाले नियन्त्रण गर्न सरकारले कडा कदम चाल्दै आएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।