File Photo
काठमाडौं- जम्मू-कश्मिरको पुलवामा जिल्लामा सुरक्षाकर्मी र हतियारधारी समूहबीच गोलाबारी हुँदा दुईजनाको मृत्यु भएको छ।
पुलवामाको नामिबिया र मार्सरको जंगलमा मारिने दुईजना चरमपन्थी रहेको प्रहरीले जनाएको छ।
दाचिगाम क्षेत्रमा चरमपन्थी रहेको सूचना प्राप्त भएपछि सुरक्षाकर्मीले सो क्षेत्रमा घेराउ गरेका थिए।
चरमपन्थी समूहको खोजी भइरहँदा उनीहरुले सुरक्षाकर्मीमाथि गोल चलाउन सुरुवात गरेपछि मुठभेड भएको हो।
पुलवामामा सन् २०१९ को फेब्रुअरी १४ मा जैस–ए–मोहम्मद आतंकवादी समूहका लडाकुले आत्मघाती बम विस्फोटन गराउँदा ४० भारतीय सेनाको ज्यान गएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।