काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. सशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीचको छलफल सकिएको छ।
तीन नेताहरु सिंहनिवास चाक्सीबारीमा छलफल भएको थियो। छलफल मुलुकको राष्ट्रिय राजनीति र कांग्रेस महाधिवेशनका विषयमा केन्द्रित रहेको बताइएको छ।
संवैधानिक बाध्यतालाई समेत ख्याल गरेर महाधिवेशन सम्पन्न गर्ने र प्रधानमन्त्री शेरबहादुर देउवाले भनेजस्तै सबै नागरिकलाई खाेप दिलाउन सरकारले ध्यान दिनुपर्ने लगायतका विषयमा छलफल केन्द्रित भएकाे नेता सिंहका सहयोगी यूपी लामिछानेले बताए।
कांग्रेस १६-१९ भदौका लागि महाधिवेशनको मिति तय गरेको छ। आगामी महाधिवेशनमा तीनै जना नेता सभापतिका आकांक्षी हुन्। उनीहरु सभापतिमा साझा उम्मेदवार लिएर जाने तयारीमा लागेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।