काठमाडौं- साउदी अरेबियाले आइतबारदेखि पर्यटकहरुका लागि आफ्नो सीमा खुला गर्ने भएको छ।
कोरोना भाइरसको संक्रमण रोक्न साउदीले १८ महिनादेखि सिमानका बन्द गरेको थियो।
साउदीले महामारी सुरु हुनुभन्दा एक दिन पहिले मात्रै पर्यटकहरूको लागि इलेक्ट्रोनिक भिसा सुरू गरेको थियो।
साउदीले पर्यटकहरुलाई आकर्षित गर्न थुप्रै योजनाहरु ल्याइरहेको छ। साउदी सरकारले पर्यटन उद्योगको विकास गरेर तेलमा रहेको आफ्नो अर्थव्यवस्थाको निर्भरता कम गर्ने र नयाँ रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ।
साउदीले ४९ देशका नागरिकलाई प्रवेशको अनुमति दिएको छ। यो सूचीमा युरोपका देशहरू साथै चीन, अमेरिका पनि समावेश छन्।
साउदी प्रवेश गर्दा खोप लगाएको प्रमाणपत्र र पीसीआर रिपोर्ट अनिवार्य देखार्न पर्ने छ। तर, क्वारेन्टिनमा भने बस्न पर्नेछैन।
साउदी अरबले भारत जस्ता कोरोना माहामारी नियन्त्रण गर्न नसकेका देशहरुलाई भने रातो सूचीमा राखेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।