Photo : ZUMA PRESS INC / ALAMY
काठमाडौं- स्वतन्त्र हङकङ पक्षधर एक व्यक्तिलाई ९ वर्षको जेल सजाय सुनाइएको छ। टोङ यिङ-किट नाम गरेका ती व्यक्तिलाई जेल सजाय सुनाइएको हो।
प्रहरीका अनुसार उनले हातमा ‘हङकङलाई स्वतन्त्र गर, यो हाम्रो समयको क्रान्ति हो’ नारा लेखिएको एउटा झण्डा लिएर मोटरसाइकल चलाएका थिए।
बीबीसीका अनुसार यसअघि पनि उनलाई पृथकतावाद र अतिवाद भड्काएको आरोपमा दोषी ठहर गरिएको थियो।
किट हङकङमा विवादास्पद राष्ट्रिय सुरक्षा कानुनअनुसार मुद्दा चलाइएका पहिलो व्यक्ति हुन्।
सन् २०१९ मा हङकङमा व्यापक रूपमा लोकतन्त्र समर्थकको आन्दोलन सुरु भएपछि यो कानुन ल्याइएको थियो। २०२० मा यो कानुन लागू गरिएपछि एक सयभन्दा धेरै व्यक्ति पक्राउ परिसकेका छन्।
यो कानुनले हङकङको स्वायत्तता कमजोर बनाउने र लोकतन्त्र समर्थक कार्यकर्तालाई सजाय दिन सजिलो हुन आलोचकहरूले बताउँदै आएका छन्।
तर, चीनले भने हङकङमा स्थिरता ल्याउन यो कानुन आवश्यक भएको तर्क गर्दै आइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।