काठमाडौं- भारतमा बुधबार अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङकन र तिब्बती बौद्ध धर्मगुरु दलाइ लामाका प्रतिनिधिबीच भएको भेटवार्तालाई लिएर चीनले कडा आपत्ति जनाएको छ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिजिआनले बिहीबार नियमित प्रेस कन्फ्रेन्समा बेजिइङ यूथ डेलीले भारतमा अमेरिकी विदेश मन्त्री ब्लिङकनले तिब्बती बौद्ध धर्मगुरु लामाका प्रतिनिधिसँग भेट गरेको बारे प्रश्न गरेको थियो। यस प्रश्नको जवाफमा चीनले कडा प्रतिक्रिया दिएको हो।
विदेश मन्त्रालयका प्रवक्ता लिजिआनले भने, ''तिब्बतको मामला पूर्णरुपमा चीनको आन्तरिक मामला हो र यसमा कुनै पनि विदेशी हस्तक्षेपलाई स्वीकार गर्न सकिँदैन। १४ औं दलाइ लामा धार्मिक व्यक्ति होइनन् तर राजनीतिक रूपमा निर्वासित व्यक्ति हुन्। उनी लामो समयदेखि चीन विरोधी अलगवादी गतिविधिमा संलग्न छन्।''
''उनी तिब्बतलाई चीनबाट अलग गर्ने प्रयास गरिरेहका छन्। चीन दह्रोसँगै कुनैपनि विदेशी अधिकारी र दलाइ लामाबीचको सम्पर्कलाई बिरोध गर्छ। अमेरिकीपक्ष र दलाइ लामाको भेट अमेरिकाको त्यस प्रतिबद्धताको उल्लंघन हो, जसमा उसले स्वीकार गरेको छ, कि तिब्बत चीनको हिस्सा हो र उसले 'तिब्बतको स्वतन्त्रता' को समर्थन गर्ने छैन'' प्रवक्ता लिजिआनले भने।
''अमेरिकाले आफ्नो प्रतिबद्धतालाई सम्मान गरोस् र चीनको आन्तरिक मामलामा हस्तक्षेप बन्द गरोस्। अमेरिकाले चीन विरोधी गतिविधीमा सहभागी व्यक्तिको समर्थन गर्नु हुँदैन। चीनले आफ्नो हितको रक्षाका लागि हरेक कदम उठाउने छ'' उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।