काठमाडौं- जम्मू-कश्मिरको किश्तवार जिल्लामा चट्याङ र बाढीका कारण ७ जनाको मृत्यु भएको छ।
समाचार एजेन्सी एएनआईका अनुसार घटनामा अन्य १२ घाइते भएका छन् भने १९ जना बेपत्ता भएका छन्।
‘अचानक बाढी आएको थियो, यस्तो बाढी पहिले कहिल्यै आएको थिएन। आज बाढी आउँछ भनेर पूर्वसूचना पनि दिइएको थिइएन,’ एक स्थानियले भने।
किश्तवारको जिल्ला विकास समितिका सभापति पूजा देवीले जम्मु एण्ड कश्मिरका लेफ्टिन्टेन्ट गभर्नर मनोज सिन्हालाई त्यहाँको स्थिति अवलोकन गर्न अनुरोध गरेकी छन्।
‘यहाँ स्थिति भयवह छ। धेरै फोहोर छ। यसलाई हटाउन ठूलो मेसिन चाहिएको छ। जम्मु एण्ड कश्मिरका लेफ्टिन्टेन्ट गभर्नर आएर अवलोकन गर्दिनुहुन्छ भन्ने आश गरेकी छु,’ उनले भनिनन्।
जम्मु एण्ड कश्मिरका लेफ्टिन्टेन्ट गभर्नर मनोज सिन्हाले यो घटना अत्यन्त दुःखद भएको भन्दै प्रभावित व्यक्तिहरूको पुनःस्थापना गर्न हर प्रयास गर्ने बताएका छन्।
‘यस घटनामा सात व्यक्तिको मृत्यु भएको छ। घाइतेहरुको उपचार भैरहेको छ। यस प्राकृतिक बिपत्तिबाट प्रभावित व्यक्तिहरूको पुनःस्थापना गर्न हर प्रयास गर्नेछौं,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।