काठमाडौं- नेपाली कांग्रेसको वर्तमान र पूर्वपदाधिकारी बैठकले क्रियाशील छानबिन समितिलाई भोलि दिउँसोसम्मको समय दिएको छ।
मंगलबार पार्टी सभापति शेरबहादुर देउवासमक्ष पेश गरेको प्रतिवेदनमा अझै केही मिलाउन सकिने विषय रहेकाले त्यसलाई मिलाउनका लागि भोलि दिउँसो सम्मको समय उपलव्ध गराइएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
'छानबिन समितिले जुन प्रतिवेदन दिएको छ। छानबिन समितिमा सदस्य साथीहरुले नै भोलि दिउँसोसम्म अधुरो रहेका विषयहरुलाई, सम्बोधन गर्नुपर्ने विषयहरुलाई उहाँहरुले नै हेर्नेगरी पार्टीले जिम्मेवारी दिएको छ', प्रवक्ता शर्माले भने, 'उहाँहरुले हेरेर जे निष्कर्ष र सन्दर्भ आउला त्यसलाई केन्द्रीय समितिले अन्तिम टुंगो लगाउने नै छ।'
बुधबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा करिब ४ घन्टा छलफल चलेको थियो। बैठक भोलि दिउँसो २ बजे बुढानीलकण्ठमै बस्ने शर्माले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।