काठमाडौं– नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ।
सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा मंगलबार बस्ने भनिएको पदाधिकारी बैठक स्थगित भएको नेता अर्जुन नरसिंह केसीले जानकारी दिए। बैठक भोलि विहान १० बजे बूढानीलकण्ठमा बस्ने छ।
आज क्रियाशील सदस्यता छानबिन समितिले तयार गरेको प्रतिवेदन सभापति देउवाले बुझेका थिए।
भोलिको बैठक महाधिवेशनको विषयमा केन्द्रित रहने एक नेताले बताए। बैठकमा यसअघि रोकिएको वडा अधिवेशन कहिले गर्ने भन्नेबारे छलफल हुने बताइएको छ।
बैठकले तल्लो संरचनाको अधिवेशनको नयाँ मितिबारे निर्णय गर्ने बताइएको छ। यसअगाडि मंगलबारदेखि सुरु हुने भनिएको तल्लो तहको अधिवेशन स्थगित गरिएको थियो।
बैठकले नयाँ मितिको टुंगो लगाउने छ। यस्तै, शीर्ष तहमा भएको सहमति अनुसार केन्द्रीय समितिले उक्त निर्णयको अनुमोदन गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।