काठमाडौं– आफूहरुका माग पूरा गर्न दबाब दिँदै यातायात व्यवसायीहरुले सरकारलाई सवारी साधनको साँचो बुझाएका छन्।
सार्वजनिक यातायात केन्द्रीय महासंघको अगुवाइमा आइतवार यातायात व्यवसायीहरुले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई सवारी साधनको साँचो बुझाएका हुन्।
यसअघि विभिन्न ७ बुँदे माग राखेर सरकारलाई ज्ञापन पत्र बुझाएका उनीहरुले माग सम्बोधन गर्नेप्रति सरकार गम्भीर नभएको भन्दै थप दबाब दिन आइतबार साँचो बुझाएका हुन्।

यातायात व्यवसायीहरुले यातायातसँग सम्बन्धित व्यक्तिहरुलाई कोभिड-१९ विरुद्धको खोप लगाइनुपर्ने, २० वर्ष पुराना गाडीलाई प्राविधिक चेकजाँचको आधारमा थप १० वर्ष चलाउन दिनुपर्ने, यातायातको भाडा समायोजन गर्नुपर्ने लगायतका माग अगाडि सारेका छन्।
यस्तै, कोरोना भाइरस संक्रमको महाकारीका कारण जारी बन्दाबन्दी (लकडाउन र निषेधाज्ञा)को अवधिलाई शून्य समय मान्दै मौद्रिक नीतिमार्फत यातायात व्यवसायीलाई थप कर्जा, पुनर्कर्जा, कर्जा पुनर्तालिकीकरणहित ब्याजदरमा कम्तीमा बेस रेट कायम गर्नुपर्ने पनि उनीहरुको माग छ। व्यवसायीहरुले सवारी दुर्घटनाको गम्भीर उपचारमा २० लाखसम्मको बिमा हुनुपर्ने पनि माग गरेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।