काठमाडौं– साताको पहिलो दिन आइतवार सुनको मूल्य सामान्य रुपमा घटेको छ। स्थानीय बजारमा आइतवार सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १ सय रुपैयाँले नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आइतवार छापावाला सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार हुँदै छ।
शुक्रवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९२ हजार १०० मा कारोबार भएको थियो।
त्यसैगरी, आज तेजाबी सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ।
यस्तै, आइतवार चाँदीको मूल्य पनि घटेको छ। शुक्रवार प्रतितोला १२ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आइतवार १२ सय ७० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।