काठमाडौं- भारतमा पछिल्लो २४ घन्टामा थप ३९ हजार ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार ५ सय ४६ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घन्टामा ३५ हजार ८७ जनाले संक्रमणलाई जितेका छन्।
भारतमा अहिलेसम्म चार लाख २० हजार भन्दा धेरै मानिसको कोरोनाका कारण मृत्यु भएको छ।
अहिलेसम्म भारतमा ४२ करोड ७८ लाखले खोप लगाएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।