काठमाडौं- मध्य चीनको हेनानमा भीषण वर्षापछिको बाढीमा परि कम्तिमा पनि ५६ जनाको मृत्यु भएको छ।
अझै पनि झिंजियांग र हेबी शरमा नदी र ड्यामहरु फुट्ने र बाढीको जोखिम कामय रहेको जनाइएको छ। कम्तिमा ४ लाख ९५ हजारको उद्धार र ५ लाख २९ हजारलाई अन्यत्र सारिएको चीनको सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सले जनाएको छ।
पिपुल्स लिबरेशन आर्मी(पीएलए) ले २५ हजार सैनिक, प्रहरी र मिलिशियालाई हेनान पठाएको छ। पानीमा फसेकाहरुको उद्धारमा उनीहरु खटिरहेको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।