File photo: Bagus Indahono/EPA
काठमाडाैं- स्वास्थ्य विज्ञहरुले इन्डोनेसियामा कोरोना महामारी नियन्त्रण बाहिर जानसक्ने चेतावनी दिएका छन्।
अष्ट्रेलियाको ग्रिफिथ विश्वविद्यालयमा कोरोना भाइरस भेरियन्टहरूमा अनुसन्धान गरिरहेका इन्डोनेसियाका एपिडेमिलोजिष्ट डिक बुडिमानले उक्त चेतावनी दिएका हुन्।
गत हप्तादेखि इन्डोनेसिया भारत र ब्राजिलमा भन्दा धेरै संक्रमित फेला परिरहेका छन्। बिहीबार मात्रै ४९ हजार ५०० भन्दा बढी संक्रमित थपिएका थिए भने १ हजार ४४९ भन्दा बढीको मृत्यु भएको थियो।
‘नयाँ भेरियन्टहरू जहिले पनि त्यस्ता क्षेत्र वा देशहरूमा देखा पर्दछ, जहाँ प्रकोपलाई नियन्त्रण गर्न सक्दिँदैन,’ एपिडेमिलोजिष्ट बुडिमानले भने, ‘५ प्रतिशतभन्दा बढी परीक्षण पोजिटिभ आए प्रकोप अनियन्त्रित हुन्छ।’
इन्डोनेसियामा कोरोना महामारीको सुरू भएको १६ महिनामा १० प्रतिशतभन्दा बढी बढी संक्रमित फेला परेका थिए। अहिले कूल परीक्षणमध्ये ३० प्रतिशत पोजिटिभ देखिएको बताइएको छ।
यसले इन्डोनेसियामा नयाँ भेरियन्ट वा सुपर भेरियन्ट उत्पन्न हुने खतरा रहेकाे उनले बताए।
जुन डेल्टा भेरियन्टभन्दा बढी संक्रामक र घातक हुनसक्ने उनले चेतावनी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।