काठमाडाैं- भारतकाे महाराष्ट्रस्थित रायगड जिल्लामा भारी वर्षासँगै गएकाे पहिरोमा परी कम्तिमा ३६ जनाकाे मृत्यु भएकाे छ। यस दुर्घटनामा अझै धेरै व्यक्तिको पुरिएकाे बताइएकाे छ।
रायगड जिल्लाधिकारी चौधरीका अनुसार हराइरहेका व्यक्तिहरुकाे खाेजि गर्न हेलिकप्टरको प्रयाेग गरिएकाे छ। यस्तै, प्रकोप प्रभावित क्षेत्रहरूमा फसेकाहरुकाे पनि उद्धार भइरहेकाे छ।
महाराष्ट्रमा धेरै दिनदेखि भारी वर्षा भएको छ र धेरै जिल्लामा बाढी र पहिरोको कारण क्षति भइरहेकाे छ।
बिहीबार रत्नगिरी जिल्लाको परशुराम घाटमा पहिरो जाँदा तीन जनाको मृत्यु भएको थियाे।
यसका साथै रत्नागिरी, अकोला र कोल्हापुर जिल्लामा बाढी बस्तीमा पसकेाे थियाे।
रत्नगिरी जिल्लाको चिप्लुन शहर बिहिबार १० फिट पानीमा डुबेको थियो र अधिकांश घरहरूकाे पहिलो तलामा डुबेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।