काठमाडाैं- फोन जासुसी गरिएको हल्ला पछि फ्रेन्च राष्ट्रपति इम्यानुएल माक्रोंले आफ्नो नम्बर परिवर्तन गरेका छन्।
इजरायली कम्पनी एनएसओले बनाएको स्पाइवेयर (जासुसी सफ्टवेयर) पेगाससमार्फत् निशानामा परेकाे भन्दं उनले आफ्नाे फाेन नम्बर परिवर्तन गरेका हुन्।
यसै हप्ता फ्रान्सेली अखबार ला मोन्डेले १४ मन्त्रीहरूलाई निसाना बनाइएकाे समाचार प्रकाशित गरेकाे थियाे।
याे जासुसी सफ्टवेयरमार्फत् संसारभरका राजनीतिकर्मी, संवैधानिक आयोगका पदाधिकारी, कूटनीतिज्ञ, पत्रकार र मानवअधिकारकर्मीको समेत फोन जासुसी गरिएको तथ्य सार्वजनिक भएको छ ।
फर्बिडन स्टोरिज नामको एक फ्रेन्च संस्थाले ५० हजारकाे फोन नम्बरमा डाटा फेला पारेकाे छ।
यो डाटा बेस सन् २०१६ देखि संकलन गरिएकाे बताइएकाे छ। याे सूची सानो अंश मात्रै भएको भनिएको छ र यस विषयमा अनुसन्धान सुरु गरिएकाे छ।
तर, राष्ट्रपति म्याक्रोनको फोनमा पेगासस रहे या नरहेकाे यकिन भएकाे छैन्। यद्यपि, फर्बिडनले तयार पारेको एउटा सूचीमा राष्ट्रपति माँक्रोको नम्बरसमेत निशानामा राखिएको दाबी गरिएको छ।
पेगासस जासुस सफ्टवेयर आइफोन र एन्ड्रोइड फोनमा इन्स्टल सकिन्छ। यसले मोबाइल फोनमा प्रवेश गरेर त्यसका सन्देश, तस्बिर र इमेलहरू निगरानी गर्न, फोन सम्वाद रेकर्ड गर्न एवम् गोप्य रूपमा माइक्रोफोन र क्यामेरामार्फत निगरानी गर्न दिन्छ।
यता, सफ्टवेयरका निर्माणकर्ताले गलत कार्यको दोष आफूलाई नभई ग्राहकलाई दिनुपर्ने बताएको छ।
एनएसओले त्यसको दोष आफूलाई दिनु भनेको रक्सीले मात्तिएको ड्राइभरले दुर्घटना गराउँदा कार उत्पादकको आलोचना गर्नुजस्तो भएको टिप्पणी गरेकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।