काठमाडौं– हज यात्राका क्रममा कोभिड संक्रमण नभएको साउदी अरेबिया सरकारले जनाएका छ। साउदी प्रेस एजेन्सीले दिएको जानकारीअनुसार हज सेसन कोभिड फ्रि रुपमा सम्पन्न भएको भनेर सरकारले जानकारी दिएको छ।
हजका क्रममा ठूलो भिडभाड हुने भएकाले यस क्रममा कोभिड १९ को ठूलो सङ्क्रमण हुने डर रहेको बताइएको थियो। त्यसैले साउदी सरकारले कोभिडका विरुद्धमा निकै कडा र प्रभावकारी उपाय अपनाएको बताएको छ। त्यसै कारणले पनि यस वर्ष हजका लागि विदेशी नागरिक आउन नदिने र स्वदेशमा मात्र निकै सानो संख्यामा गर्नुपर्ने बताइएको थियो।
साउदी अरबका स्वास्थ्यमन्त्री ताफिक अल रबिहले हजका क्रममा कोभिडको संक्रमण नदेखिएको र सरकारले सजगताका लागि निकै प्रभावकारी मापदण्ड पनि अपनाएको बताए। उनले साउदी अरेबियाको मक्कामा हज गर्न आएकालाई स्वास्थ्यकर्मी तथा स्वास्थ्यसम्बन्धी मापदण्डको पालनाको आवश्यकतामा जोड दिइएको थियो।
साउदी सरकारले ६० हजार स्वदेशी नागरिकलाई मात्र हजका लागि अनुमति दिएको थियो। सीमित संख्यामा विदेशी नागरिकलाई हजका लागि आउन दिइएको थियो । यसका कारणले गर्दा साउदी अरेबियामा हालै सम्पन्न हज सेसन सुरक्षित रुपमा सम्पन्न भएका जानकारी दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।