काठमाडौं– विश्वभर तीन अर्ब ७१ करोड ५८ लाख ३८ हजार ५१ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ।
हालसम्म चीनमा एक अर्ब ४७ करोड ९५ लाख २ हजार ८२९ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ भने भारतले ४१ करोड ७८ लाख ५१ हजार १५१ डोज कोरोनाविरुद्ध खोप लगाइसकेको छ।
त्यसैगरी, अमेरिकाले ३३ करोड ८० लाख २५ हजार ९५० डोज कोरोनाविरुद्ध खोप लगाउँदा ब्राजिलमा ११ करोड ८९ लाख ५३ हजार ५३७ डोज कोरोना भाइरसविरुद्ध लगाइएको छ।
विश्वका धनी तथा पहुँचयुक्त राष्ट्रहरुले धेरै खोप लगाएका छन्। तर, अधिकांश अफ्रिकी तथा खरिदका लागि पहुँच नभएका राष्ट्रहरुले हालसम्म पनि खोप लगाउन पाएको छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।