काठमाडाैं- मध्य इन्डोनेसियाको पश्चिम कालिमान्थान प्रान्तमा डुङ्गा दुर्घटना हुँदा कम्तीमा २४ जनाको मृत्यु भएको छ। घटनामा अन्य ३१ जना बेपत्ता भएका छन्।
सरकारी अधिकारीहरुका अनुसार बुधबार साम्बास जिल्ला नजिकैकाे बन्दरगाहामा माझीहरुले प्रयाेग गर्ने १८ डुङ्गा सामुद्रीक आँधीका कारण पल्टिएको हाे।
बेपत्ता भएकाको खोजी तीव्र बनाएकाे जनाइएकाे छ। दुर्घटना भएका डुङ्गा भने नियन्त्रणमा ल्याइसकिएको छ।
यस्तै, उद्धारकर्ताहरुले ८३ जनालाई भने सकुशल उद्धार गरेका छन्। खोजी तथा उद्धार जारी रहेकाले मृत्यु भएकाको संख्या अझ बढ्नसक्ने बताइएकाे छ
‘मृतकहरूको संख्या २४ पुगेको छ र ३१ जना अझै बेपत्ता छन्। उनीहरुको उद्धारका लागि हामी प्रयास गरिरहेका छौं,’ प्रान्तीय खोज तथा उद्धार कार्यालयका प्रमुख योपी हरियादीले भने।
बुधबारदेखि त्यहाँ मौसमको अवस्था बिग्रन थालेको छ। उनले आगामी तीन दिन खोज अभियानमा बाधा पुग्नसक्ने जानकारी दिएका छन्।
इन्डोनेसियामा सामुद्रीक आँधी बेलाबेलामा आइरहने र ठूलो मानवीय क्षति भइरहने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।