काठमाडाैं- राजदूतकी छोरी अपहरणपछि अफगानिस्तान र पाकिस्तानबीच सम्बन्ध चिसिदै गएकाे छ।
गत शुक्रबार दिउँसो ट्याक्सीमा इस्लामाबादको बेकरीबाट फर्किरहेकी अफगानिस्तानका लागि पाकिस्तानी राजदूत नजीबुल्लाह अलिखिलकी २७ वर्षीया छोरी सिलसिलालाई अज्ञात व्यक्तिहरुले अपहरण गरी कुटपिट गरेका थिए।
त्यसपछि अफगानिस्तान सरकारले सुरक्षाको कारण देखाउँदै पाकिस्तानमा रहेका आफ्ना सबै कूटनीतिक अधिकारीहरु फिर्ता बोलाएको थियो। यता, पाकिस्तानले पनि आफ्ना राजदूतलाई छलफलका लागि फिर्ता बोलाएको छ।
तर, पाकिस्तानका आन्तरिक मन्त्री शेख रशीदले मंगलबार यस घटनामाथि शंका गर्ने ठाउँ रहेको भन्दै राजदूतकी छोरीको अपहरणमा नभएको बताएका छन्। भोलिपल्ट अफगानिस्तानको परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै उनको भनाइप्रति आपत्ति जनाएको थियो।
मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ,‘ जबसम्म छानबिन सम्पन्न हुँदैन र यसमा संलग्न व्यक्तिहरू पक्राउ हुँदैनन्, त्यस्ता एकतर्फी बयान तथा अव्यावसायिक निर्णयले अनुसन्धानको पारदर्शितामाथि प्रश्न खडा गर्ने छ। यसले आपसी अविश्वास बढाउनेछ।’
अफगानिस्तानका परराष्ट्रमन्त्री मोहम्मद हनीफ आत्मरले आफ्नो पाकिस्तानी समकक्ष शाह महमूद कुरेशीसँग टोलिफोनवार्ता गरेका थिए। उनले पाकिस्तानी आन्तरिक मन्त्रीले बोलेका कुरा सच्याउन आग्रह गरेको बताइन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।