काठमाडौं- भारतीय सञ्चारमाध्यम दैनिक भास्करमा आयकर विभागले छापामा मारेको छ। बिहीबार विभागले मिडिया ग्रुप दैनिक भास्करको विभिन्न कार्यालयहरुमा छापा मारेको हो।
भोपाल, जयपुर र अहमदाबादसमेत देशका विभिन्न शहरमा भास्करको कार्यालयमा छापा मारिएको दैनिक भास्करले जनाएको छ। कर छली प्रकरणमा भास्करको कार्यालयमा छापा मारिएको नवभारत टाइम्सले जनाइएको छ।
तर केन्द्रीय प्रत्यक्ष कर बोर्ड(सीबीडीटी) को तर्फबाट कुनै आधिकारिक धारणा आएको छैन। छापामार्दा प्रमुख हिन्दी मिडिया समूहका प्रमोटरपनि सहभागी छन्।
दैनिक भास्करमा सरकारले छापा मारेको भन्दै भारतीय संसदमा विपक्षीहरुले बिरोध गरेका छन्। जसका कारण राज्यसभाको आजको बैठक स्थगित गरिएको छ भने लोकसभा ४ बजेसम्मका लागि स्थगित गरिएको छ।
विपक्षीहरुले पत्रकार र मिडियामाथिको हमला लोकतन्त्रमाथि कुल्चने कोशिस गरेको आरोप लगाएका छन्।
दैनिक भास्कर भारतको चर्चित हिन्दी पत्रिका हो। जसले कोभिड महामारीका समयमा कयौं खोजमुलक समाचार प्रकाशन गर्दै सरकारको कोभिड नियन्त्रण अभियानमाथि प्रश्न उठाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।